विश्व इतिहासमा आजः सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुबमा पुग्ने सोभियत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

विश्व इतिहासमा आजः सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुबमा पुग्ने सोभियत

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान
सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली चलेको थियो । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाउँदा २० बालबालिका र ६ बयस्कको मृत्यु भएको थियो ।

तान्जेनियाले पायो राष्ट्रसंघको सदस्यता
सन् १९६१ मा तान्जेनिया औपचारिक रुपमा राष्ट्रसंघको सदस्य बनेको थियो । तांगनयिका र जनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया बनेको थियो । मर्ज हुनुअघि दुबै देश बेलायतको अधिनमा थिए ।

क्षिण ध्रुबमा पुग्ने सोभियत
सन् १९५८ मा सोभियत नागरिक दक्षिण ध्रुवमा पुगेका थिए । उनी दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुन् । सन् १९५८ को १४ डिसेम्बरमा येभगेनी टोलस्टिकोभले नेतृत्व गरेको सोभियत युनियनको समूह दक्षिण ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुवको औषत तापक्रम माइनस ७३ डिग्री फरेनाइट छ ।

सोभियत युनियन लिग अफ नेसनबाट निस्काशन
सन् १९३९ मा सोभियत युनियन लिग अफ नेसनबाट निस्काशन भएको थियो । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई लीग अफ नेसनबाट निस्काशन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);