प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न भएको छ ।

२२ मंसिरबाट सुरु भई शनिबार नागरिक अभिनन्दन समारोह गरी बैठक सम्पन्न भएको हो । परिषद्का अध्यक्ष डा. गोपीनाथ कँडेलले राष्ट्रका लागि व्यक्तिको चरित्र निर्माणमा आफूहरु सक्रिय भएको बताउनुभयो । उहाँले परिषद्ले उदाहरणीय कार्यहरु गरेर सबैको मन जितेको बताउनुभयो ।

परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले देशका ७७ जिल्लामै संगठन निर्माण भएको उल्लेख गर्दै विद्यार्थीको अधिकार र असल नागरिक निर्माणमा लागिरहने बताउनुभयो ।

नागरिक अभिनन्दन समारोहका अध्यक्ष तथा व्यवसायी अनिल केडियाले असल नागरिक विना देश बन्न नसक्ने भएकाले प्राज्ञिक विद्यार्थी परिषद्ले लिएको महान उद्देश्यमा आफूहरु साथ रहेको बताउनुभयो ।
कार्यक्रममा अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान पनि सहभागी हुनुहुन्थ्यो । परिषद् स्थापनाको २८ वर्ष पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);