मतपरिणाममा पाँचदलीय गठबन्धनले प्रदेशसभामा धेरै सिट हात पारेको छ ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

मतपरिणाममा पाँचदलीय गठबन्धनले प्रदेशसभामा धेरै सिट हात पारेको छ ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी माउण्टेन टेलिभिजन एचडी। त्यसैगरि प्रदेशसभातर्फको प्रत्यक्षको सम्पूर्ण मतगणना सकिएको छ। सातवटै प्रदेश सभाको ३३० सिटको परिणाम आएको हो । मतपरिणाममा पाँचदलीय गठबन्धनले प्रदेशसभामा धेरै सिट हात पारेको छ।

कांग्रेसले सातवटा प्रदेशमा ११२ स्थानमा जित हासिल गरेको छ। एमालेले ९१, माओवादी केन्द्रले ५३, नेकपा एसले १५, जसपा र राप्रपाले ११÷११, लोसपाले ९, जनमत र नागरिक उन्मुक्तिले ७÷७, हाम्रो नेपाली पार्टी र नेमकिपाले १÷१ र स्वतन्त्रले १२ जनाले जितेका छन । प्रदेश १ मा ५६ सिट प्रत्यक्षबाट निर्वाचित हुने गर्छ । यहाँ एमाले पहिलो दल बनेको छ । एमालेले २५, कांग्रेस १७, माओवादीले ९ प्रदेशसभा सदस्य जितेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट ३ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् भने राप्रपाबाट २ जना निर्वाचित भएका छन । मधेस प्रदेशसभामा एमाले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जित्ने दल बनेको छ । एमालेका १५, कांग्रेसका १३, जसपाका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ७ उम्मेदवार निर्वाचित भएका छन । सिके राउत नेतृत्वको जनमत पार्टीले ६ निर्वाचन क्षेत्रमा जित हात पारेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीका ४–४ जना निर्वाचित भएका छन ।

६ जना स्वतन्त्रबाट विजयी भएका छन् । वागमती प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेसका २५,माओवादी केन्द्र, १४ एमालेले १३, राप्रपा ७, नेकपा एसले ५ प्रदेशसभा सांसद जितेका छन् । नेपाल मजदुर किसान पार्टीले र हाम्रो नेपाली पार्टीले १÷१ सिट हात पारेका छन् । गण्डकीमा प्रत्यक्षतर्फ कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ । १२ सिट जितेर एमाले दोस्रो दल बनेको हो । माओवादी केन्द्र भने तेस्रो दल बनेको छ।

माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर प्रदेशसभा उम्मेदवार बनेका ५ जना गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन । लुम्बिनी प्रदेशसभामा ५२ मध्ये १८ सिटमा जितेर एमाले पहिलो दल बनेको छ। कांग्रेसका १७, माओवादी केन्द्रका ५,जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राप्रपाका समान २–२ प्रदेशसभा सदस्य निर्वाचित भए । जनमत पार्टीका १ जना र ३ सांसद स्वतन्त्रबाट विजयी भएका छन् । कर्णालीमा प्रत्यक्षबाट चुनिने २४ सदस्यमध्ये कांग्रेस र माओवादी केन्द्रले समान ९–९ सिटमा जित हालिल गरेका छन । एमालेले ५ सिटमा जित हासिल गर्दा १ जना स्वतन्त्रबाट निर्वाचित भए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ सांसद निर्वाचित भएर आउँछन ।

१२ सिट प्रत्यक्षबाट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रका ८,नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीले समान ३–३ सिट जितेका छन् भने स्वतन्त्रबाट १ जना विजेता भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);