काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतापशुपतिशमशेर जबराले हिन्दू राष्ट्र स्थापना गराएरै छाड्ने दृढता व्यक्तगर्नु भएको छ ।
माउण्टेन टेलिभिजनको संवादमा बुधबार बोल्दै उहाँले हिन्दू राष्ट्रको एजेण्डा सफल बनाएरै छाड्ने बताउनुभयो ।
आगामी संसदमा हिन्दू राज्यको एजेण्डलाई राप्रपाले कडा रुपमा उठाउने उहाँको भनाई छ । जबाराले जनताले राप्रपालाई विपक्षीको रुपमा संसदमा पु¥याएको बताउनुभयो । उहाँले राप्रपा सरकारमा सहभागि नभई जनताको मतको कदर गर्दैै हिन्दू राज्यको लागि संसदमा खरो रुपमाउत्रने बेलाआएको उल्लेख गर्नुभयो । कुनै पनि पार्टीले संसदमा बहुमत पु¥याउँन सक्ने अबस्था नदेखिएकोमा नेताहरु समझदारीका साथ अगाडि बढ्नु पर्ने अवस्था आएको उहाँको भनाई थियो ।