मनाङ - १ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मनाङ – १ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र

काठमाडौ। आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् ।

यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनै जना पुरुष हुन् । पुरुष मतदाताभन्दा बढी संख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);