विदेशी मुद्राको आजको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ। १ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ। यसैगरी जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);