राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ । उक्त वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपलाई अंगीकार गरेको छ । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने,’ वाचापत्रमा उल्लेख गरिएको छ । राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने र राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति हुने सो पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);