माओवादी, एकीकृत समाजवादी र राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

माओवादी, एकीकृत समाजवादी र राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं। निर्वाचनको मिति नजिकिँदै जाँदासमेत प्रमुख दलहरूले मतदातासमक्ष चुनावी घोषणापत्र लैजान सकेका छैनन् । निर्वाचन आयोगले मतदानको १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन् । सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्प पत्र सार्वजनिक गरेको छ । अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपालगायतका दलले भने घोषणापत्र सार्वजनिक गरेका छन् । माओवादी, एकीकृत समाजवादी र राप्रपाले भने सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । राप्रपाले ५ कात्तिकमै घोषणापत्र सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म ल्याउन सकेको छैन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने बताए । माओवादी केन्द्रले पनि सोमबारकै दिन संकल्प पत्र सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);