खानेपानीमन्त्री उमाकान्त चौधरीलाई सरकारी गाडी दुरुपयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई सरकारी गाडी दुरुपयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण

श्याम गुप्ता, बारा । पुर्व खानेपानी मन्त्री अहिलेको बारा प्रतिनिधिसभा क्षेत्र नं.१ का उम्मेदवार उमाकान्त चौधरीलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले उनलाई कुँनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टा भित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आँफै उपस्थित भई वा प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । ‘तपाईंले चुनाव प्रचार प्रसारका क्रममा सरकारी (रातो तथा निलो) नम्बर प्लेट भएको बा.२.झ.५८६१ नम्बरको सरकारी गाडीको सरकारी गाडीको नम्बर प्लेट नैं परिवर्तन गरी बा.१२.च.७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ? यदि निर्वाचन आचारसंहिताको उल्लंघन हुँने गरी तपाईंबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

आयोगबाट मन्त्री चौधरीले प्रचार प्रसारका क्रमम सरकारी गाडीको नम्बर प्लेट नैं परिवर्तन गरी प्रयोग प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँच बुझ गरी आयोगमा तीन दिन भित्र प्रतिवेदन पेश गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);