काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना पक्राउ
ताजा समाचार
भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
४ घन्टा अघि
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
४ घन्टा अघि
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
४ घन्टा अघि
सत्ताको चक्रव्युह र न्यायको मरण
४ घन्टा अघि




