वर्तमान विश्व वित्तीय प्रणालीले विकासोन्मुख विश्वलाई गम्भीर रूपमा असफल बनायोः परराष्ट्र सचिव पौड्याल  | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

वर्तमान विश्व वित्तीय प्रणालीले विकासोन्मुख विश्वलाई गम्भीर रूपमा असफल बनायोः परराष्ट्र सचिव पौड्याल 

काठमाडौं । परराष्ट्र सचिव भरत राज पौड्यालले वर्तमान विश्व वित्तीय प्रणालीले विकासोन्मुख विश्वलाई गम्भीर रूपमा असफल बनाएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सोमबार न्यूयोर्कमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौड्यालले गरेका छन् ।

‘वर्तमान विश्व वित्तीय प्रणालीले विकासोन्मुख विश्वलाई गम्भीर रूपमा असफल बनाएको छ । यो अलोकतान्त्रिक र अनुत्तरदायी व्यवस्थालाई निरन्तरता दिनु अनुचित हो । यसलाई समावेशी, निष्पक्ष र सबैका लागि समान रूपमा लाभदायक बनाउनको लागि हामी अन्तर्राष्ट्रिय वित्तीय संरचनाको अति आवश्यक सुधारको लागि आह्वान गर्दछौं,’ परराष्ट्र सचिव पौड्यालले भने ।

ऋणको तनावमा रहेका देशहरूलाई तत्काल ऋण, राहत र पुनर्संरचनाको आवश्यकता रहेको उनले बताए । अन्तर्राष्ट्रिय समुदायले उनीहरूलाई ऋणको संकटबाट बाहिर ल्याउन तत्काल मद्दत गर्नुपर्ने उनले जनाए ।

सम्बोधनका क्रममा परराष्ट्र सचिव पौड्यालले लगातार तेस्रो वर्ष कोभिड–१९ ले हाम्रो जीवन, जीविकोपार्जन र अर्थतन्त्रमा तनाव थपिरहेको बताए थिए ।

‘यो महामारी सबै देशका सबै मानिसका लागि समाप्त नभएसम्म अन्त्य हुँदैन । हामीले खोपको समानता सुनिश्चित गर्नुपर्दछ ताकि कोही पनि पछाडि नपरोस्,’ उनले भने ।

भूराजनीतिक विभाजन, आपूर्ति प्रणालीमा आएको अवरोध, र जलवायु आपतकालले अल्पविकसित राष्ट्रमा ठूलो असर गरेको उनले जनाए । खाद्यान्न र इन्धनको मूल्यवृद्धि, ठूलो मुद्रास्फीति र ऋणको बोझले गरिब देशहरू विशेष गरी अल्पविकसित राष्ट्रहरूको सीमित वित्तीय क्षमतामा गम्भीर असर पारेको उनले बताए ।

‘विश्व बजारलाई एकीकरण नगरी कुनै पनि देशले समृद्धि हासिल गर्न सक्दैन । संरक्षणवादको बढ्दो लहर र अवरुद्ध व्यापार वार्ताले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा धेरै आवश्यक सुधार गर्न ढिलाइ गर्दैछ, जुन केही देशको भने पक्षमा छ,’ परराष्ट्र सचिव पौड्यालले भने ।

नेपालले जलवायु परिवर्तनको असमान भार वहन गरिरहेको जनाउँदै सम्बोधनका क्रममा उनले बारम्बार पहिरो, आँधी, बाढी र जंगल आगलागी जस्ता मौसमी विपद्का घटनाहरुको सामना गर्नु परेको उनले बताए ।

‘हिमनदीहरू पग्लिनु र हिउँले भरिएका नदीहरू सुक्नुले तल्लो भेगका मानिसहरूको जीवन र जीविकोपार्जनमा प्रतिकूल असर पारेको छ र हामीलाई सबैभन्दा जोखिममा परेका देशहरूमध्ये एक बनाइरहेको छ,’ परराष्ट्र सचिव पौड्यालले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);