नागरिकता सम्बन्धी ऐन नबनेकोमा एनआरएनएद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

नागरिकता सम्बन्धी ऐन नबनेकोमा एनआरएनएद्वारा दुःख व्यक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले नेपाली नागरिकता सम्बन्धी ऐन समयमा नै नबनेकोमा दुःख व्यक्त गरेको छ ।

‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरुका बीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरुलाई दुखित बनाएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञिप्तिमा उल्लेख छ ।

‘नेपाली नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९’ संसदको दुबै सदनबाट पारित हुँदा सम्पूर्ण गैरआवासीय नेपालीहरु अत्यन्तै हर्षित भएको विज्ञप्तिमा जनाइएको छ । तर राष्ट्रपतिले प्रमाणीकरण नगरिदिंदा विधेयक निस्क्रिय भएको छ ।

‘दुवै सदनबाट पारित भैसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरु बन्न ढिलाई हुने अवस्थाको सिर्जना प्रति गैरआवासीय नेपालीहरु अत्यन्तै चिन्तित छन्,’ एनआरएनएले भनेको छ ।

विधेयक ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

‘गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ र यसको गम्भीरतालाई ध्यान दिदै सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई केही समय धैर्यधारण गरी दिनु हुन हार्दिक अपील गर्दछ,’ एनआरएनएले भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);