राष्ट्रपतिले पाँच विधेयक प्रमाणीकरण गर्दा नागरिकता विधेयक अन्यौलमा  | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

राष्ट्रपतिले पाँच विधेयक प्रमाणीकरण गर्दा नागरिकता विधेयक अन्यौलमा 

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणिकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम तथ्याङ्कसम्बन्धी काननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

तर, राष्ट्रपति भण्डारीले सन्देशसहित पुनः सदनमा फिर्ता पठाएको नेपालको नागरिकतासम्बन्धी पहिलो संशोधन विधेयकलाई दुवै सदनबाट पारित गरी पुनः प्रमाणिकरणका लागि पठाए पनि उक्त विधेयक रोकेकी छन् ।

Leave a Reply