एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईं एमालेमै फर्के | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईं एमालेमै फर्के

काठमाडौं । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्केका छन् ।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।

रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुन् । एमालेका पुराना कार्यकर्ता चापागाईं गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए ।

एमालेमै फर्केपछि डा।चापागाईंले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्नसक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);