ललितपुरलाई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरलाई स्वर्ण

काठमाडौं। ललितपुर महानगरपालिका–८ ले दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ।
स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा नम्बर ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित ग¥यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए । बुधबार महिला टिम इभेन्टमा गोदावरी नगरपालिका वडा नम्बर १ पहिलो भएको थियो । काठमाडौं महानगरपालिका वडा २५ र भक्तपुर नगरापलिका वडा ५ तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा संखुवासभा वडा नम्बर ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा प्रवेश गरे । वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए ।

पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरे। विनेशले काठमाडौं २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४ र ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५ र ११–८ को सेटमा पाखा लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);