प्रचण्डको घोषणा- क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौं  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

प्रचण्डको घोषणा- क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौं 

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् ।काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन् ।

माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न सडकको जानुको विकल्प नरहेको भन्दै उनले यसका लागि आगामी निर्वाचनपछि  सडकमा उत्रिने बताएका हुन् ।आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेसिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जाने बताए ।

Leave a Reply

ताजा समाचार