आगामी निर्वाचनमा बुथ कब्जा गर्ने, धाँधली, अशान्ति मच्याउने जस्ता काममा प्रहरी प्रशासन र राष्ट्रसेवक सरिक नहुने विश्वास लिएको छु : ओली  | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आगामी निर्वाचनमा बुथ कब्जा गर्ने, धाँधली, अशान्ति मच्याउने जस्ता काममा प्रहरी प्रशासन र राष्ट्रसेवक सरिक नहुने विश्वास लिएको छु : ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने, जनताको सार्वभौसत्ता सम्पन्न अधिकारमाथि हस्तक्षेप गर्नेको साथ नदिन आग्रह गरेका छन् ।

नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रीय समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न आग्रह गरे । उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्ति सरिक नहुने बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी प्रशासन र राष्ट्रसेवकहरू सारिक नहुने विश्वास व्यक्त पनि गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);