१७ फाल्गुन काठमाडौं । स्थानीय निर्वाचन पछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ ।
मंगलबार दिउँसो बसेको मोर्चाको बैठकले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागि नहुने निर्णय गरेको हो । बैठक पछि सद्भावना पार्टीका महासचिव मनिष सुमनले बुधबार हुने बैठकमा आफूहरुको निर्णयको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताउनुभयो ।
मोर्चाले संविधान संशोधनको पक्षमा दूई तिहाई पु¥याउन पहल गर्ने निर्णय समेत गरेको छ । मंगलबार बिहान मोर्चाका नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री दाहालले समय लिएर भएपनि संशोधन पास गराउनु पर्ने भन्दै स्थानीय निर्वाचनमा सहभागि हुन आग्रह गर्नुभएको थियो ।