लघुबिमा कम्पनीको लाइसेन्स खुला | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

लघुबिमा कम्पनीको लाइसेन्स खुला

काठमाडौं । लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ । बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना प्रकाशित गरेको छ । लघु बीमा कम्पनीको चुक्ता पँुजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

सूचनामा उल्लेख गरेअनुसार लघु बिमामा यसअघि नै कुनै बिमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन । लघु बिमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ । सूचनामा भनिएको छ, ‘यसअघि नै प्राप्त भएका नयाँ लघु बिमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव  गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);