माओवादी केन्द्रका केन्द्रीय सदस्यको अभिव्यक्तिबारे निजी विद्यालयकाे आपत्ती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

माओवादी केन्द्रका केन्द्रीय सदस्यको अभिव्यक्तिबारे निजी विद्यालयकाे आपत्ती

महोत्तरी। निजी तथा आवासिय विद्यालयको छाता संगठन एनप्यावसनले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्काको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ।

करारका सिक्षकहरूलाई हटाएको विषयमा निजी विद्यालयलाई जोडेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै एनप्यावसनले विज्ञप्तीमार्फत प्रतिवाद गरेको हो ।’करारका शिक्षक हटाउन व्यापारिक लाभ लिने उदेश्यले निजी विद्यालय समेत लागि परेको भन्ने अभिव्यक्तिप्रति हाम्रो ध्यानकर्षण भएको छ।´एनप्याबसन बर्दिबासका संयोजक सरोज प्रधानले भनेका छन् ।एनप्याबसनले करारका शिक्षक हटाउनु गलत भएको बताउँदै शिक्षकहरूको मागप्रति ऐक्यबद्धता समेत जनाएको छ । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज समेत रहेका नेता खड्काले दिएको अभिव्यक्तिलाई लिएर एनप्याबसनले शिक्षक साथीहरूको पीडामा थप राजनीति नगर्न पनि सचेत गराएका छन् ।समस्याको सावधान गर्न एउटा राजनीतिकर्मीले निकास खोज्नुपर्ने ठाउँमा अत्यन्त निकृष्ट धारणा सार्वजनिक गर्नु निन्दनीय रहेको एनप्याबसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा नेतृत्वलाई स्खलित नबनाउन पनि आग्रह गरिएको छ । खड्काको अभिव्यक्तिलाई लिएर जारी गरेको उक्त विज्ञप्तिमा घुमाउरो पाराले खड्काको नेतृत्वमाथि प्रश्न उठाइएको छ।

खड्काको नेतृत्वमाथि प्रश्न चिन्ह खडा गर्दै विज्ञप्तिमा माओवादी केन्द्रको पराजयलाई समेत विषयान्तर गरिएको छ । सर्वदलिय छलफलमा खड्काले दिएको अभिव्यक्तिलाई लिएर नेता खड्काले सार्वजनिक शिक्षामा कति योगदान दिएका छन् ? भन्दै प्रश्न गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);