तनहुँमा अत्याधुनिक हतियार सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

तनहुँ, १८ मंसिर। सोमबार बिहान तनहुँको आँबुखैरेनीमा ४ वटा इटालीयन पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले पक्राउ गरेको छ।

आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङलाई प्रहरीको पक्राउमा परेका हुन्।

नेपाली सेना र प्रहरी टोलीले आइतबार रातिदेखि नै खोजतलास गर्ने क्रममा अभियान श्रेष्ठको घरमा उनीहरुलार्इ अत्याधुनि पेस्तोल सहित पक्राउ गरिएको बताएको छ।

गोलीगट्ठासहितका युवाले सुरक्षाकर्मीमाथि पनि हमला गर्न सक्ने आशंका राखेर सशस्त्र प्रहरी बलको टोली श्रेष्ठको घरमा पुगेको थियो। प्रहरीले निर्वाचनको सुरक्षाका लागि विशेष सतर्कता अपनाउने क्रममा उनीहरू पक्राउ परेको र थप अनुसन्धान भइरहेको बताएको छ।

Uncategorized‐मा वर्गिकृत