एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ 

सिरहा। सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ ।  त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);