दुबईमा आराम गर्दै सलमान | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

दुबईमा आराम गर्दै सलमान

मुम्बई।बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन् । गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो । सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन् । यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही समयका लागि कामबाट ब्रेक लिएर दुबईमा आराम गरिरहेका छन् । केही समय अघि सलमान कामका लागि दुबई गएको भनिए पनि पछिल्लो रिपोर्ट अनुसार उनी त्यहाँ आराम गरिरहेका छन् ।सलमान केही समययता लगातार फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त थिए । यही कारण उनी केही समयका लागि आराम लिनका लागि दुबई गएका हुन् । दुबईबाट फर्किएपछि उनी फिल्म ‘कभी इद कभी दिवाली’मा व्यस्त हुनेछन् । यो फिल्मको सुटिङ सेप्टेम्बरमा सुरु हुँदै छ । सलमान टेलिभिजनमा डान्स रियालिटी शो ‘नच बलिए’ निर्माण गर्दैछन् ।

उनले लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को पनि होस्ट गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);