नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार  | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार 

nepse online

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ ।
करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँमाथिको कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);