काठमाडौं । भारतको नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवालेले देउवासंग ६ महिनापछि भेट भएको र आफु खुसी भएको ट्विटरमा उल्लेख गरेका छन् । स्वाथ्य उपचारका क्रममा नयाँदिल्लीमा रहेकि प्रधानमन्त्री पत्नी देउवा उपचार संग पछिल्ले समय राजनीतिक भेटघाटमा व्यस्त समेत बनिकी छन् । केही समय पहिले नेपाल बाट नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड र आरजु र भारतीजय जनता पार्टीका नेताहरु विच समेत दिल्लीमा भेटवार्ता भएको थियो । त्यसैगरी गत वर्ष चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी समेत बाँधिदिएकी थिइन् ।
आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१० घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि