काठमाडौं । प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे । शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे । अहिले नेपालकाे नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ ।