काठमाडौं। सिन्धु विकास बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आउँदो शुक्रबार गर्ने भएको छ । बैंकले काभ्रेको धुलिखेलमा ६ साउनमा साधारणसभा गर्ने जानकारी दिएको हो ।साधारणसभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । यस्तै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभामा पारित हुने कम्पनीले जनाएको छ।
साधारणसभाले सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंकसँग अन्य बैंक तथा वित्तीय संस्था गाभ्न/गाभिन वा प्राप्तिसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । कम्पनीले यस वर्ष सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन।