देउवाले भने - म हिन्दू राष्ट्रको पक्षमा छु | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दू राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दू महासंघका पदाधिकारीलाई देउवाले यस्तो बताएका हुन्। भेटमा विश्व हिन्दू महासंघका पदाधिकारीले हिन्दूराष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले आफू पनि हिन्दूराष्ट्रकै पक्षमा रहेको बताए।

देउवाको बचनपछि महासंघले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षधरलाई मत हाल्न आफ्ना शुभेच्छुक र सदस्यलाई आह्वान गरेको छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई बन्द कोठाभित्र होइन, सार्वजनिक समारोहमा हिन्दू राष्ट्रका पक्षमा बोल्न आग्रह गरेका छौँ,’ महासंघका वरिष्ठ उपाध्यक्ष एवं संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भने, ‘उहाँले म अब सार्वजनिकरुपमा नै बोल्छु भन्नुभएको छ ।’ – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);