एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

काठमाडौं, १४ मंसिर । एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआइबीले अनुसन्धान गरिरहेको छ।

तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको संलग्नता रहेको देखिएको छ । जसबाट सर्वसाधारणको करोडौं रुपैयाँ चोरी भएको छ । यसको अर्थ विदेशीहरुले मात्र एटीएमबाट चोरी गर्छन् भन्ने होइन । नेपालीहरुबाट पनि यस्ता घटना भएका छन्। ती सबै घटनाहरु बाहिर आउँदैनन् । यसकारण यस्ता घटनामा विदेशीको संलग्नता धेरै देखिएको हो।

प्रहरीका अनुसार ०७० कात्तिकदेखि गत भदौ २५ गतेसम्म एटीएमबाट पैसा चोरीका २० वटा घटना भएका छन् । जसमध्ये ३ वटा घटनामा नेपाली संलग्न देखिएका छन् । बाँकी १७ वटा घटनामा विदेशीको संलग्नता रहेको सीआइबीको तथ्यांकमा छ । – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);