ओलीको कटाक्ष : रविन्द्र मिश्र केटाकेटी उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौ क्षेत्र नम्बर १ का प्रतिष्पर्धी दलका उम्मेदवार माथि खनिएका छन् ।

नयाँ वानेश्वरमा मंगलबार आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओली काठमाण्डौ क्षेत्र नम्बर १ का प्रतिष्पर्धी दलका उम्मेदवार माथि खनिएका हुन् ।

सार्वजनिक समारोहमा उखान टुक्का मार्फत प्रतिष्पर्धी दलमाथि तिखो आलोचना गर्न सिपालु अध्यक्ष ओलीले काठमाण्डौ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमानलाई थाकेका र विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रलाई केटाकेटी उम्मेदवार भनी व्यग्य गरे ।

अध्यक्ष ओलीले राजनीतिक दलको नीति हेरेर निर्णय गर्न आममतदातालाई सुझाव दिए । शुसासन, पारदर्शीता र भ्रष्टाचार रहित प्रणाली नै वास्तवमा लोकतन्त्र भएको भन्दै उनले अब बन्ने बामगठबन्धनको सरकारले भ्रष्टाचारको अन्त्य गर्ने दाबी गरे ।

सभामा बाेल्दै नेकपा माओवादी केन्द्रका नेता एवं विना विभागिय मन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनको बहुमत आउने दाबी  गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);