संसद बैठक बस्दै बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

संसद बैठक बस्दै बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन्।

संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ।

बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आवको बजेट १५ जेठमा संसदमा प्रस्तुत गरेको थियो।

Leave a Reply