२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार

धनगढी। भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ। यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा विस्तार गर्दै शुक्रबारदेखि सेवा आरम्भ गरेको हो।

धनगढी–३ बोराडाँडीमा दुई अर्ब लागतमा बनेको व्यापारिक मलबाट शुक्रबारदेखि भाटभटेनीले कारोबार सुरु गरेको हो। १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन निर्माण गरेर भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय,  कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध गराएको छ।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);