कास्की । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् । उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
८ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१० घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
११ घन्टा अघि




