काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । हप्ताको दुई दिन सार्वजनिक विदा दिंदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो । विभागका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।
राहदानी विभागले आइतबार पनि सेवा दिने
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
११ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१६ घन्टा अघि