काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन् । उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा ५ हजार ९३२ मत खसेको छ ।
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
ताजा समाचार
२२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै
२० घन्टा अघि