मनाङकाे नमुना मतदानमा मत बदर शून्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनाङकाे नमुना मतदानमा मत बदर शून्य

लमजुङ । स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेकाे छ । नमुना मतदानमा ३४ जना सहभागी थिए । सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन ।

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेकाे मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);