भोजपुर । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
एघार वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ
ताजा समाचार
‘दलीय आधारमा गठन भएका रेडक्रस समितिहरू विघटन गराैँ’
१३ घन्टा अघि
एमाले संसदीय दलमा बादल सर्वसम्मत चयन
१३ घन्टा अघि




