मेलौलीका टोलहरुमा विद्युत सेवा सुचारु हुदैँ | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

मेलौलीका टोलहरुमा विद्युत सेवा सुचारु हुदैँ

बैतडी। बैतडीको मेलौली नगरपािलका वडा न. २ र ३का टोलहरुमा विद्युतसेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार थप टान्सफर्मर राखिएसंगै गाउँ टोलहरुमासमेत विद्युत सुचारु भएको छ । गाउँमा विद्युत सुचारु भएसंगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उनले बताए ।

गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् । मेलौली २र ३का टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);