लुम्बिनी विकास कोषले ५८ वर्षसम्म चासो नदिँदा ऐतिहासिक महेन्द्र स्तम्भ जिर्ण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

लुम्बिनी विकास कोषले ५८ वर्षसम्म चासो नदिँदा ऐतिहासिक महेन्द्र स्तम्भ जिर्ण

भैरहवा । ऐतिहासिक धार्मिकस्थल लुम्बिनीस्थित महेन्द्र स्तम्भ संरक्षण अभावले जिर्ण हुँदै गएको छ । ५८ वर्षअघि बुद्धजयन्तीकै दिन उद्घाटन भएको स्तम्भ बुद्ध जन्मस्थल मायादेवी मन्दिरसँगै रहे पनि लुम्बिनी विकास कोषकाे बेवास्ताले जिर्ण बनिरहेकाे छ ।

२५ वैशाख २०२० मा मन्दिरकै केही मिटर दुरीमा रहेको तात्कालिन राजा महेन्द्रले याे ऐतिहासिक स्तम्भ बनाएका थिए । लुम्बिनीलाई आजकाे लुम्बिनी बनाउन सुरुवातमा मुख्य भूमिका खेल्ने दुई पात्र छन् । संयुक्त अधिराज्य महासंघका तात्कालिन  महासचिव उथान्त र तात्कालिन राजा महेन्द्र । उथान्तले लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति केन्द्र र पर्यटकीय केन्द्रको रुपमा  विकास गर्नुपर्ने अवधारणा ल्याएका थिए । 

अवधारणामा सहमति जनाएर बलियो समर्थन दिने पात्र तात्कालिन राजा महेन्द्र नै थिए । उनीहरूको भिजन र मन मिलेको ले नै अहिले लुम्बिनी यो अवस्थामा छ । योजनाअनुसार काम हुनुमा यी दुई पात्रको ठूलो योगदान छ । दुवै जनाको योगदान र चासोका कारण गुरुयोजनाको प्रारुप तयार भएको स्रोतकाे दावी छ । 

उथान्तको विशेष पहल र सक्रियताले बौद्ध राष्ट्रहरूबाट कोष वृद्धि गरी लुम्बिनी अन्तराष्ट्रिय सहयोग समिति निर्माण भई प्रारम्भिक काम युनडीपीमार्फत अगाडि बढाइएको थियो । यसलाई सरकारले नै निरन्तरता दिएकाे थियो । राजा महेन्द्रले पनि विशेष चासो राख्ने र बेला बेलामा जाने भएकोले सम्झना रुवरुप २०२० सालमा स्तम्भसहित वरिपरि बस्न मिल्ने गरी संरचना बनाइएको थिए ।

६ दशकअघि लुम्बिनीमा खासै पर्यटक पनि घुम्ने नआउने र घुम्ने ठाँउ पनि नभएकोले  मायादेवी मन्दिरको दक्षिणपश्चिममा रहेको बगैँचानजिक महेन्द्र स्तम्भ तयार भएको थियो । तात्कालिन राजा महेन्द्रकै स्मरणमा बनाएको स्तम्भसहितको संरचनालाई विकास कोषले ५८ वर्षदेखि बेवास्ता गर्दा स्मरणयोग्य ऐतिहासिक संरचना ओझेलमा छ । 

गुरुयोजना निर्माण भई संयुक्त अधिराज्य महासंघले लागु गरेपछि तत्कालिन सरकारले स्वीकृत गर्दा पनि यो संरचना पछाडि पर्न गयो भनि प्राफेसर केन्जो टाङ्गथेले उल्लेख गरेका थिए । उनले गुरुयोजनाको काम अघि बढाउँदा अहिले विकास कोष भएको भवन क्षेत्रमा नयाँ लुम्बिनीग्राम भएको क्षेत्रमा विस्थापित गर्नुपर्छ भनी रिर्पोटमा उल्लेख गरे पनि अहिलेसम्म मर्मत र जिर्णोद्वार नहुँदा स्तम्भ पर्यटकबाट टाढा छ ।

 

लुम्बिनी वकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय अवधेशकुमार त्रिपाठीले भने, ‘तत्कालिन राजा महेन्द्रद्वारा निर्माण गरिएको स्तम्भ बारे जानकारी आएपछि हामी अवलोकनमा गएका छौँ । संरक्षण प्रयास भइ सकेको छ । पुरानो धरोहरको रुपमा रहेको स्तम्भलाई त्यो ठाँउमा जिर्णोद्वार गर्न र पार्कको रुपमा सुन्दर बनाउन प्रक्रिया अगाडि बढेको छ । तत्कालका लागि विद्यमान स्तम्भ जिर्णोद्धारका लागि मर्मत, रंगारोगन र संरक्षण प्रक्रिया अघि बढाउन लागिएको छ ।’ 

यसअघि गुरुयोजनाको काम हुँदै गर्दा यो स्तम्भ छुटेको उनले बताए ।अब याे स्तम्भ संरक्षण प्रस्ताव कोषको मन्त्रीस्तरीय बाेर्ड बैठकको छलफलमा लैजाने तयारी भइरहेकाे उनकाे भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);