काठमाडौं । निर्वाचनको मिति नजिकिदै जादा चुनावी गठबन्धनको बहस चर्कियो, विचार र सिद्धान्त नमिल्नेहरु पनि गठबन्धनको बैशाखी टेकेर चुनावमा जान खोजेको भन्दै चौतर्फी आलोचना
हरेक राजनीतिक दलहरुले निर्वाचमा जनता समक्ष घोषणा पत्र लैजान्छन। निर्वाचन जितेर सम्बन्धित पार्टीको सरकार बन्यो भने देस र जनताका लागि के कस्ता काम गर्ने भन्ने चुनावी प्रतिबद्धता हुन्छ। तर हाम्रो देसमा भने निर्वाचन जिते पछि घोषणा पत्र केवल कागजको खोष्टामा सिमित बन्न पुग्छ। जसका कारण दलहरुले चुनाव जित्न विचार र सिद्धान्त नमिल्ने हरुसँग पनि चुनावी गठबन्धन गरेर सरकारमा जाने कुरालाई मात्र प्राथमिकतामा राख्ने गर्छन। पछिल्लो पाँच बर्षमा कुन दलको सरकारले जनताका लागि के कस्ता काम ग¥यो भने समिक्षा हुनु पर्ने वेला अहिले पनि आगामी निर्वाचनमा कसरी सरकारमा जाने गरि भोट तान्न सकिन्छ भन्ने रणनीतिमा मात्र दलहरु सिमित बनेका छन।
राजनीतिक वृत्तमा एउटा चर्चित भनाइ छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने। नेपालको राजनीतिमा यो भनाइ ठ्याक्कै मेल खान्छ। विपरीत ध्रुवमा रहेका राजनीतिक दलहरुको स्वार्थ मिल्यो कि राता रात एक भइहाल्छन। स्वार्थ मिलेन भने एक अर्काको कट्टर विरोधि भइहाल्छन। एक अर्काको नामै सुन्न नचाहने शक्तिहरुले रातारात गठबन्धन बनाएर जनतालाई आश्चर्यमा पारेका कयौ उदाहारण छन्।
एकअर्काको खेदो खन्ने दलहरुको बीचमा गठबन्धन बनाउने देखि सरकार निर्माण गर्ने काम विगत देखि पटक पटक हुदै आएको छ। पछिल्लो पाँच छ बर्षको समिक्षा गर्ने हो भने, नयाँ संविधान निर्माणपछि तत्कालीन एमाले र काँग्रेस गठबन्धनको सरकार गठन भएको थियो। त्यसपछि एक अर्काको खोइरो खन्ने नेपाली काँग्रेस र तत्कालीन माओवादी केन्द्रको बीचमा गठबन्धन सरकार बन्यो। कांग्रेस र माओवादी केन्द्रको त्तकालिन गठबन्धन सरकार हुदा त्यो वेला एमाले र माओवादी केन्द्रकाबीच वैमनस्यता थियो। दुवै पार्टी एक अर्काको खरो ढंगले विरोध गर्थे। त्यसपछि एकाएक एमाले र माओवादी केन्द्रकाबीच चुनावी गठबन्नधन मात्र बनेने दुई दलबीच पार्टी एकीकरण नै भयो। त्यस वेला कांग्रेसले माओवादी केन्द्रबाट ठूलो धोका भयो भनेर माओवादी केन्द्रको खुब आलोचना ग¥यो।
तत्कालिन नेकपाको बहुमतको सरकार बन्यो। सरकार बनेको दुई बर्ष पुगे पछि नेकपाका नेताहरुको बीचमा बढेको मतभेद पार्टीको एउटा पक्ति सरकारमा अर्को हिस्सा सडकमा गयो। सर्वोच्च अदालतको निर्णयले एमाले र मोओवादी पूर्ववत अबस्थामा नै फर्किए भने माधव कुमार नेपालले एमालेबाट अलग हुने निर्णय गरेरे अलग पार्टी नै खोले। पछिल्लो निर्वाचनमा गठबन्धन तोडेको कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रको भुमिका अहम रह्यो। पाँच दलिय गठबन्धनले देउवा नेतृत्वको नयाँ सरकार नै गठन ग-यो। यो अबस्था पछिल्लो ६ बर्षको मात्रै हो। त्यस अघि पनि सरकार बन्ने र भत्कने क्रमले यसरी नै निरन्तर पाएको थियो। जसका कारण मुलुकमा कहिले पनि राजनीतिक स्थिरता कायम हुन सकेन।
अहिले पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ। दलहरु सँग एक्लै चुनावमा भिड्ने हिम्मत नभएर होला नेताहरु हरेक कार्यक्रममा गठबन्धनकै नारा लगाइरहेका छन। राजनीति गर्नेहरुको ध्यान प्रधानमन्त्रीको कुर्सी देखि वडा सदस्य सम्म छ। त्यसका लागि राजनीतिक विचार र सिद्धान्त नमिल्ने दलहरुकाबीचमा चुनावी गठबन्धन बन्ने देखिदै छ। विश्वव्यापी राजनीतिक अभ्यास हेर्ने हो भने, राजनीतिक पृष्ठभूमि र धरातल मिल्ने दलहरुकाबीचमा स्वभाविक रुपमा गठबन्नधन हुन्छ। तर नेपालको दुर्भाग्य के छ भने, कसैलाई प्रधानमन्त्री हुन मन लाग्यो वा पद प्राप्त गर्न मन लाग्यो भने पार्टी फुटाएर भए पनि गठबन्नधनको सरकार बनाइहाल्ने।
त्यसैले अब चुनावमा जनताको घरदैलोमा नेताहरु मत माग्न जाँदा राजनीतिक दलहरु किन मिल्छन् र किन अलग हुन्छन भन्ने प्रश्न जनताले सोध्नु पर्छ। राष्ट्रियता, देशको अस्मिता, स्वत्रन्त्रता, राष्ट्रिय अखण्डता वा सार्वभौमसत्तामाथि खतरा उत्पन्न भएको वेला देसमा रहेका सबै राजनीतिक दलहरु एक हुनु पर्छ। तर, नेपालको वर्तमान अवस्था हेर्ने हो भने देसमा गम्भीर राष्ट्रिय विपत्ति आउदा समेत दलहरु एक ठाउँमा उभिदैनन। यहा सम्म कि राष्ट्रियताको रक्षा गर्न समेत दलहरु एक हुन सक्दैनन। राष्ट्रको भलो हुने कामका लागि दलहरुकाबीचमा सहकार्य हुदैन। गठबन्धनको आवश्यकता पर्दैन। तर जब चुनाव आउँछ जब जब सरकार मा जानु पर्ने हुन्छ तब तब भिन्न राजनीतिक विचार र सिद्धान्त भएका दलहरुबीच गठबन्धन हुने गरेको छ।
अहिले प्रचण्ड, माधव नेपालहरु किन कांग्रेससँग गठबन्धन गर्नै पर्ने बाध्यतामा छन? कांग्रेस जस्तो पार्टी किन कम्युनिष्टहरुसँग चुनावी गठबन्धन गर्न लालायीत छ? यो यो सोचनीय विषय हो। चुनावकै लागि गठबन्धन गर्नुको कुनै औचित्य छ कि छैन भन्ने प्रश्न स्वभाविक रुपले उठ्छ। प्राय जसो सबै दलहरुमा पार्टीको दृष्टिकोण, नीति र सिद्धान्त अलग हुँदाहुँदै पनि गठबन्धनको बैशाखी टेकेर हिड्न खाज्ने परिपार्टी बसेको छ। दलहरुको यस्तै तालमेलले राजनीतिक अस्थिरता बढ्दै गएको छ भने देसको भविष्य झन झन अन्योलताको भुमरीमा जादै छ। के एमाले, कांग्रेस, र माओवादी लगायतका दलहरुले एकल बहुमतको सरकार बनाउनै नसक्ने अबस्थामा पुगेका हुन त? होइन भने उनीहरुसँग निर्वाचनमा एक्लै जाने हिम्मत किन छैन।
पार्टी गरेका काम, सरकार सञ्चालन गर्दा जनताका लागि केस्तो काम भयो भनेर जनताकोबीचमा भन्ने मसला नभएकै भरमा दलहरु चुनावी गठबन्नधनको साहार खोज्दैछन भने चुनाव पछि आउने गठबन्नधको सरकार गठबन्नधमा रहेका नेताहरुको स्वार्थ पुर्ती गर्न मै रमलिने निश्चित छ। देसको नेतृत्व गर्नेहरु नै सबै भन्दा बढि अवसरवादी हुदा आज देसको यस्तो दुरावस्ता छ। त्यसैले त इमान्दार राजनीतिज्ञहरु पाखा लागिरहेका छन भने देसको राजनीति गैर राजनीतिज्ञहरुको साठगाँठको भरमा चलेको छ।