धरानमा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

धरानमा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

काठमाडौं । सुनसरीको धरान–४ मा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ । गत साता धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);