राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ

कास्की । आफूलाई संयुक्त राष्ट्रसंघको इन्जिनियर बताउने डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

दिनेशले विभिन्न मितिमा कास्की पोखराका विभिन्न व्यक्तिलाई ठगीग गरी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);