सरस्वतीसंग जोडिएका पात्र हुन् कालीदास उनी विद्या प्राप्त नहुँदा यति मुर्ख थिए कि रुखको टुप्पो तिर बसेर फेदतिर काट्थे। अरुले यो गरेको काली भन्दा उनको जवाफ हुन्थ्यो– हेर न तेरा आँखा छैनन्।
उनी कुनै एक महाजनको घरमा भाँडा माझ्ने काम गर्थे। उनले मुख्र्याईको झोकमा नै एक राजकुमारीसंग बिवाह गरेका थिए। राजकुमारीलाई देखाउन उनी ठुला ठुला किताव पढे झै गर्थे। तर ति सबै उल्टो हुन्थे त्यसैले उनले महामुर्ख कालीको संज्ञा पाएका थिए। उनी कुनै बेलाका संसारका महामुर्ख मध्ये एक गनिन्थे।
सरस्वती पूुजाको दिन उनले घर बाहिर एक दिन ठुलो हुल हिडेका देखे। तीनले गरेको हल्ली खल्लीले उनले मस्काउदै गरेको भाँडालाई समेत माथ ख्वायो। उनी ढोका बाहिर निस्के।
टक्क अडिएर घर अगाडीबाट हिडेको हुल लाई नियाले। राम्र, सुकिला र स्कुल पोसाकमा देखिएका उनीहरु थिनजिकैको विद्यालय तर्फ लागेक थिए। जहाँ सरस्वती पुजा चलीरहेको थियो। बडेमानको सरस्वतीको मुर्ती स्थापना गरिएको थियो।
यो सबै हेरी रहेका कालीका लागि ठmुलो कोतुहल थियो। उनले कसैलाई सोधे यीन मान्छेहरु कता गएर फर्केका हुन? उनलाई ती मानिस सरस्वती पूजा गरेर फर्केका हुन्। आज सरस्वती त्याहाँ आउने हो र? कालीले प्रश्न गरे।
उनलाई जवाफमा भनियो–सरस्वती त्यहाँ आएर बसेकी छन्।तिनले के दिन्छिन्? कालीको प्रश्न थियो। तीनले विद्या दिन्छिन्। पढेकी राजकुमारी बिहे गरेका कालीलाई यस कुराले छोयो। उनी दौडदै सरस्वतीको मुर्ती स्थापना गरेको बिद्यालय तर्फ लागे। यस बेला पूजा गर्न गएका सबै फर्कीसकेका थिए।
संयोग त्यसबेला सरस्वती भरखर प्रकट भएकी थिइन्। भाँडा माझ्दै गरेका काली जुठो हातनै त्यहाँ पुगेका थिए। उनले आफुलाई विद्या दिन सरस्वतीसंग माग गरे। सरस्वतीले भनिन्– राम्ररी पढ विद्या प्राप्त हुन्छ। तर कालीले मानेनन्।
उनले आफुलाई एकैचोटी सबै विद्या चाहियो भनेर किच किच गर्न थाले। त्यपछि त्यस्तो कुरा कुनै हालतमा नमिल्ने सरस्वतीको अगाडी उही कालीदास महामुर्ख उपाय निकाल्दै भने –विद्या दिने कि हिर्काइदिउ? कालीको हात जुठो थिो।
सरस्वतीलाई जुठो भनेपछि काँडा उम्रन्थ्यो। उनले कालीलाई सम्झाउँदै भनिन्–पर एउटा जलकुण्ड छ। त्योकुण्डको पानी उठाउ र लाईव्रेरीमा भएका सबै किताबमा छर्क। जतिमा जल पर्छ सबै तिमिलाई आउने छ। त्यसपछि उनले त्यसै गरे। पानी परेका सबै किताब उनलाई कण्ठ भयो। उनी मुर्ख कालीबाट विद्दवान कालीदास बने।
अहिले पनि यो लोक कथा मिल्ने गरी ललितपुरको लेलेमा सरस्वती कुण्ड छ। जसबाट कालीदासले यसैबाट विद्या प्राप्त गरेको किंवदन्ती छ। बोली नफुटेका, र अक्षर चिनाउनु अघि बच्चाहरु लाई यो जल ख्वाउने चलन छ।