सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौँ ।  सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);