एमाले अछाम अधिवेशन पाँच घण्टामा १९४ मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

एमाले अछाम अधिवेशन पाँच घण्टामा १९४ मत खस्यो

अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै सुस्त देखिएको छ । बिहान ९ बजेबाट सुरू भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म घन्टामा एक सय ९४ मत खसेको निर्वाचन समितिका सदस्य भीम बुढाले जानकारी दिए । मतदान ढिला भएको भन्दै मतदाताहरूले आक्रोश पोखेको छन् ।

मतदान गर्न डेढ घन्टासम्म लाइन बस्नु परेको उनीहरूको गुनासो छ । एक जनाले मतदान गर्न २० मिनेट लाग्ने गरेको छ। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाउँदा कमजोरी भएको मतदाताहरूको आरोप छ । यही गतिमा मतदान भए राति १२ बजेसम्म पनि मतदान नसकिने मतदाताहरू बताउँछन् । मतदान प्रक्रिया छिटो बनाउन अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);