विदेशी मुद्राको विनिमयदर थाहा पाउनुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशी मुद्राको विनिमयदर थाहा पाउनुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७४ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०६ पैसा र बिक्री दर १२९रुपैयाँ ७१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १४ पैसा र बिक्री दर ८५ रुपैयाँ ५७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २६ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २६ पैसा र बिक्री दर १० रुपैयाँ ३१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१रुपैयाँ ७६ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);