हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ २० पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ६० पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४०पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ८८ पैसा र बिक्री दर ८५ रुपैयाँ ३१ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २४ पैसा र बिक्री दर १० रुपैयाँ २९ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७४पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८५ पैसा र बिक्री दर नाै रुपैयाँ ९० पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);