काठमाण्डौँ २७ कार्तिक । काठमाण्डौँ क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कांग्रेसका दीपकप्रसाद कुईँकेल प्रतिस्पर्धामा उत्रिएका छन् ।
सोमबार देखि घरदैलो अभियानमा लागेका कुईँकेलले कोटेश्वरको महादेव मन्दिरमा पूजा गरेर प्रचार अभियान सुरु गरेका हुन् । काठमाण्डौँ महानगपालिकाको ३२ नम्बर वडामा रहेको महादेव मन्दिरमा सामुहिक दर्शनपछि कोणसभालाई सम्बोधन गर्दै उनले चुनावी अभियानलाई सफल बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
२०७० सालमा भएको चुनावमा उपचुनावबाट बिजयी भएका कुईँकेलले त्यसबेला आफूले प्रतिबद्धता गरेको अधिकांश काम पूरा गरेको पनि दाबी गरेका छन् । बाँकी काम पूरा गर्नका लागि पुन मतदान गरेर सहयोग गर्न उनले आग्रह गरेका हुन् ।