म्याग्दी । पुन मगरहरुको देवताका रुपमा मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडा स्थित करवाकेली थान लाई हिउँले छपक्कै ढाकेको छ । थान र पुन संग्राहालय परिसरमा सेताम्मे हिउँले ढाकेपछि यतिवेला त्यहाँको वातावरण रमणीय देखिएको छ ।
करवाकेली मन्दिरको छानो पुरै हिउँले छोपेको छ । अगाडिका पेटिहरुमा पनि हिउँ भरिएर टलक्कै टल्किदा साँच्चिकै हिमाल पुगेजस्तै अनुभूति दिलाउँछ । बुधबार देशभरका उच्च पहाडी भुभाग र हिमाली भेगमा हिमपात भएको थियो । यहाँ पनि करिव १४ इन्च सम्म हिउँ परेको छ । स्थानीय रवि गवुर्जा पुनले भने ।
बिहिबार दिउँसो देखि मौसम खुलेपछि त्यस क्षेत्रमा हिउँमा खेल्दै सुन्दर दृश्य अवलोकन गर्दै स्थानीयहरु रमाइरहेका छन । हिउँमा टेकेर, हिउँ खेल्दै आकासमा केहि बादल अनि त्यहि बादल छिचोलेर देखिने धौलागिरी, अन्नपूर्ण लगाएतका हिमश्रृखलाको दृश्यहरुले थप मन लोभ्याएको पुनले भने।
तस्विरः रवि गवुर्जा पुन