२८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

२८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा

bima insurance

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बिमा सेवा पुगेकाे छ । गत वर्ष यसै अवधिमा बिमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो ।

बिमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नाै हजार एक सय ५३ वटा जीवन बिमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बिमालेख जारी भएको छ । 

जीवन बिमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बिमालेख संकलन गरेका छन् । यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बिमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

चालु आबको मंसिरसम्ममा जीवन बिमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बिमा शुल्क उठाएका छन् । यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बिमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);